Logo

दाईको हत्या आरोपमा भाइ पक्राउ

देश प्रदेश समाचार २१ भाद्र २०७८, सोमबार १६:२२ मा प्रकाशित

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले दाईको हत्या गरेको आरोपमा कचनबवलका रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।

बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने  भात्रु राजवंशी आइतवार विहान मृत फेला परेपछि प्रहरीले मृतकका भाईको खोजी सुरु गरेको थियो । उनलाई आइतवार राती ज्यामिरगढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भात्रु बिर्तामोडमा अटो चलाउदैं बसेका थिए । शनिवार राती १२ बजे दाजुभाईको सामान्य विवाद भएको भाई रतनलालको भनाई छ । उनले प्रहरी समक्ष दाईको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजीमा प्रहरी लागेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?