भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रका अति विपन्न ३२ परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएकाे छ ।
भद्रपुर ८ स्थित विलिभर्स इस्टन चर्चले नगर क्षेत्रका विभिन्न वडाका अति विपन्न परिवारलाई २५ केजी चामल,२ केजी मसुर दाल र १ लिटर सनफलावर तेल वितरण गरेकाे हाे ।
चर्चमा प्रार्थना गर्न आउने विभिन्न व्यक्ति तथा संघ सस्थाले चडाएकाे भेटीकाे १० प्रतिशत रकमले उक्त खाद्य सामाग्री खरिद गरेर वितरण गरेकाे चर्चका फादर जगत वाग्लेले वताए ।
फादर वाग्लेकाे अध्यक्षता तथा भद्रपुर नगरपालिका उप-प्रमुख चन्द्रामाया श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं.८ का गाैरव सुब्बाले मन्तव्य राखेका थिए भने सञ्चालन बिक्रम वाग्लेले गरेका थिए ।

लोकप्रिय समाचार




