ताेयराज नेपाल,काठमाडाै
बाबुकाे अाशौच भित्र आमाकाे अशौच परेमा के गर्ने ?
भन्ने जिज्ञासा धेरै मित्रहरूले गर्ने गरेकाे हुँदा यसबारे पहिेले पनि केही कुरा मैले समामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिसकेकाे हाे , तर पनि यसै विषयमा जिज्ञासुहरूद्वारा पुनः पुनः जिज्ञासा राख्ने गरेका हुँदा यसलाई अझ स्पष्ट पार्ने प्रयासगरी परिवर्धनसहित पुनः प्रस्तुत गर्दछु।
मृते भर्तरि तद्दाहात् प्राक् पत्नी म्रियते यदि।
पत्न्यां वा प्रा्क् प्रमीतायां दाहादर्वाक् पतिर्मृतः।
तत्र तन्त्रेण दाहः स्यान्मत्रेषु द्वित्वमूह्यते।।
निर्णयसिन्धु
बाबु र आमाकाे एकैदिन मृत्युभएमा दाह गर्नुभन्दा अघि आमा अथवा बाबु जसकाे पहिले मृत्यु भएपनि यौटै चितामा जलाउनु पर्दछ ।
मन्त्रमा भने द्वित्व वा द्विवचन उच्चारण गर्नुपर्दछ।ढिकुराे अलग अलग गरी अलग अलग पिण्डदान र जलदान आदि दिनुपर्दछ।
(कसैकाे यौटै ढिकुरामा बाबु र आमाकाे पिण्ड दिने चलन छ , तर त्यसकाे शास्त्रीय अाधार मैले भेटेकाे छैन)
यदि बाबुकाे १० दिन भित्र दशौं दिनकाे सूर्यास्त नहुँदै अामाकाे देहान्त भयाे भने बाबुका पहिलाे दिन बाहेक जति दिनमा आमाकाे देहान्त भए पनि बाबुका दैनिक दिने पिण्डदान गर्दै जाने। बाबुका दशौँ दिनका दिन बाबुकाे ढिकुराे फुटाउने। बाबुकाे अाशौच सकिएपपछि बन्धुलाई आशौच समाप्त हुन्छ। आमाकाे पनि छुट्टै ढिकुराे उठाएर दैनिक पिण्ड दिँदै जाने। बाबुकाे अाशौच सकिएपछि अामाकाे थप पक्षिणी अाशौच बार्नुपर्दछ। बाबुका दशदिनका दिन सूर्यास्त पछि आमाकाे देहान्त भएमा आमाकाे थप दुईदिन बढी आशौच बार्नुपर्दछ। बाबुका दशदिनका रातकाे चौथाे प्रहरमा आमाकाे देहान्त भएमा आमाकाे थप तीन दिन बढि आशौच बार्नुपर्दछ। बाबुकाे दशौंदिनकाे रात्रि समाप्त भएपछि बाबुकाे अाशौच समाप्त हुन्छ। त्यसपछि बाबुकाे एघारौं दिनदेखि अामाकाे पक्षिणी वा २ दिन वा तीन दिन लाग्ने अाशौच सुरु हुन्छ,अर्थात् बाबुकाे एघारौँ दिनका दिन बिहानदेखि अामाकाे थप पक्षिणी , दुईदिन वा तीनदिन अाशौच बार्नुपर्दछ। ( पक्षिणी= पक्षिणी भनेकाे दिनमा मृत्यु भएमा दुई दिन एक रात हुन्छ , भने रातमा मृत्यु भएमा दुई रात र एक दिनलाई पक्षिणी भनिन्छ) त्यसकारणले बाबुकाे एघार दिनकाे दिन बाबुकाे एघारदिनकाे रात र बाबुकाे बाह्रौँ दिनकाे दिनभरीसम्म अामाकाे पक्षिणी अाशौच बार्नुपर्दछ। २ दिन बढि बार्ने अाशौच बाबुका बाह्र दिनकाे रात्रि समाप्त भएपछि सकिन्छ , भने तीनदिन बढि बार्नुपर्ने अाशौच बाबुकाे तेह्रौँ दिनकाे रात्रि समाप्त भएपछि सकिन्छ।आमाकाे आशौच समाप्त भएकादिन अर्थात् बाबुका बाह्रौँ दिनका दिनमा वा १३ ह्रौँ दिनका दिन( ३ दिन थप जुठाे बार्नुपर्ने स्थितिमा १३ दिनमा )आमाका दश दिनका पिण्डमध्ये जति बाँकी रहेका छन् ती सबै पिण्ड बाबुका बाह्रौँ दिनका दिन , वा १३ दिनका दिन दिएर त्यसैदिन आमाकाे पनि ढिकुराे फुटाउनुपर्दछ। तर
अामाकाे अाशौच बारिराखेकै भएपनि बाबुका एघारौंमा गर्ने वृषाेत्सर्ग गर्न ,शय्यादान गर्न , अाद्यमासिक गर्न र अाद्याब्दिकश्राद्ध गर्नुपर्छ।
अाद्यं श्राद्धमशुद्धाेS पि कुर्यादेकादशे S हनि।। याज्ञवल्यस्मृति , मिताक्षरा १/ २५६
´´मातुर्याधिका पक्षिणी तन्मध्ये पितुर्महैकाेद्दिष्टश्राद्धं वृषाेत्सर्गं
शय्यादानादिकं च कुर्यात्। “
धर्मसिन्धु , सुधा०पृ०- ८७८
ध० सि० हेमरज पृ० ९३०
भनिएकाे हुँदा अामाका आशौच भित्र अाद्यमासिकश्राद्ध,आद्याब्दिक श्राद्ध , वृषाेत्सर्ग र शय्यादानादि गर्न हुन्छ। तर घटश्राद्ध र ऊनादि मासिक गर्न हुँदैन।
अर्थात् आमाकाे मृत दिनकाे १ पिण्ड , भाेलिपल्टकाे १ पिण्ड र पर्सिपल्ट १ पिण्ड दिँदै बाबुका १२ वा १३ दिनका दिन ( थप अाशौच बार्नुपर्ने दिनका अन्तिम दिन ) बाँकी सबै पिण्ड दिएर आमाकाे पनि त्यसैदिन ढिकुराे फुटाउनुपर्दछ।
बाबुकाे १३ दिनका दिन वा१४दिनका दिन ( तीन दिन थप आशौच बार्नुपर्ने स्थितिमा १४ दिनका दिन ) अामाका एघारौँमा गर्नुपर्ने सबै काम गर्ने।
´´ सपिण्डीकरणश्राद्धमुक्तकाले कृतं न चेत्।
हस्ता Sर्द्रा-राेहिणीभे वाS नुराधायां च तच्चरेत्।। “ सपिण्डीकरण श्राद्ध (उक्तकाले द्वादशाहे) बाह्रौँ दिनका दिन गर्न मिलेन भने हस्ता , अार्द्रा राेहिणी र अनुराधा नक्षत्र मध्ये कुनै १ नक्षत्र परेका दिन मात्र गर्नुपर्दछ , भनिएकाे हुँदा
यदि बाबुका १४ दिनका दिन वा १५ दिनका दिन ( ३ दिन थप आशौच बार्नुपर्ने स्थतिमा १५ दिनका दिन) हस्ता , आर्द्रा , राेहिणी र अनुराधा नक्षत्र मध्ये कुनै एक नक्षत्र परेमा बाबुका १३ ह्रौँ वा १४ दिनका दिन बाबुका पनि घटश्राद्ध र ऊनादि मासिकश्राद्ध गरेर बाबुका १४ अौँ दिनका दिन वा १५ दिनका दिन अर्थात् आमाकाे आशौच समाप्त भएकाे भाेलिपल्ट एघारौँका काम गरी पर्सिपल्ट पहिले बाबुकाे सपिण्डी गरेर त्यसपछि आमाकाे पनि सपिण्डीकरण गर्नुपर्दछ। यदि त्यसदिन ती चार नक्षत्र मध्ये कुनै नक्षत्र परेन भने बाबुकाे सपिण्डी त्यसदिन नगर्ने । आमाकाे मात्र सपिण्डीकरण गर्ने। बाबुकाे सपिण्डी ती नक्षत्र पर्खिएर ती नक्षत्र पर्ने दिनका अघिल्ला दिन घटश्राद्ध र ऊनादिमासिक गरेर
ती नक्षत्र परेका दिन सपिण्डीकरण गर्नेुपर्दछ। ॐ हरये नमः।।
लोकप्रिय समाचार




