Logo

शरणामतीमा ओलीको पुत्ला दहन

देश प्रदेश समाचार १२ जेष्ठ २०७८, बुधबार ०९:२५ मा प्रकाशित

शरणामती  प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघ झापा गाउँपालिकाले शरणामतीमा राँके जुलुश प्रदर्शन गरेको छ ।हिजो साँझ निकालिएको जुलुसले शरणामती बजार परिक्रमा गरेको थियो ।

शरणामतीको खालिङ चोकदेखि सुरु भएको जुलुशले शरणामतीमा रहेको वडा ६ को कार्यालय नजिकै पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो ।‘ओली तिम्रा पाराले दुःख पाए साराले,असंवैधानिक संसद विघटन खारेज गर,अधिनायकवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै हातमा राँको बोकेर नेविसंघले बिरोध जनाएको थियो ।
नेपाली कांग्रेसका भातृ संगठनहरु नेविसंघ,तरुण दल र नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागितामा बिरोध जुलुश निकालिएको नेविसंघका भुवन बुढाथोकीले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?