विर्तामाेड । गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले गोरुको मासु बिक्री गरेको भन्दै पक्राउ गरेको हो । उनीहरूले कोठाभित्र गोरुको मासु बिक्री गरेको सूचना पाएपछि प्रहरीले हिजो छापा मारेको थियो । प्रहरीले उनीहरूलाई १५ किलो ५ सय ग्राम गोरुकोे मासुसहित पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोेलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
लोकप्रिय समाचार




