Logo

एक सुत्केरी महिलासहित दुई कोरोना संक्रमितको मृत्यु

देश प्रदेश समाचार २४ बैशाख २०७८, शुक्रबार ११:४२ मा प्रकाशित

झापा झापामा शुक्रबार एक सुत्केरी महिलासहित दुईजनाको कोरोना संक्रमणका कारण निधन भएको छ। दमक नगरपालिका-३ की ३२ वर्षीया गौतम थरकी ८ दिनकी सुत्केरी महिलाको कोशी कोभिड अस्पताल बिराटनगरमा मृत्यु भएको हो। नवजात शिशुको भने स्वास्थ्य राम्रो रहेको आफन्तले बताएका छन्। उनले नोवल अस्पताल बिराटनगरमा बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि घर फर्किएकी उनमा थप स्वास्थ्य समस्या देखिएपछि दमकको आन्दा अस्पताल लगिएको थियो। उनलाई कोरोना पुष्टि भएपछि कोशी कोभिड अस्पताल बिराटनगर रिफर गरिएको थियो। उनले सोही अस्पतालमा आज बिहान मृत्यु भएको हो।

त्यसैगरी, गौरादह-४ की ६० वर्षीया वृद्धाको आज संक्रमणकै कारण मृत्यु भएको नगरपालिकाका प्रमुख रोहित साहले बताए। बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा दमकको एड्भान्स मल्टी इस्पेसियालिटी अस्पतालमा उनको मृत्यु भएको हो।

योसँगै झापामा दोस्रो लहरको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?