Logo

झापामा ३८ जना संक्रमित

देश प्रदेश समाचार १९ बैशाख २०७८, आईतवार १९:२७ मा प्रकाशित

झापा   झापामा आइतवार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ६ महिलासहित १९ जना, मेचीनगरमा १ जना पुरुष, हल्दीबारी ३ जना, गौरीगञ्जमा १ जना, कमलमा ४ महिलासहित ७ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ५१११, डिस्चार्ज ४५२९, आइसोलेसनमा ४४८ जना, कुल संक्रमित एन्टिजेन ६९ जना र मृत्यु हुनेको संख्या १३४ जना पुगेको उनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?