Logo

वैशाखभरी विद्यालय बन्द गर्ने सरकारको निर्णय

देश प्रदेश समाचार ६ बैशाख २०७८, सोमबार १९:५७ मा प्रकाशित

काठमाडाै कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

शिक्षणको वैकल्पिक माध्यम प्रयोगलाई प्रोत्साहित गरिएको छ ।

यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?