Logo

दूधेमा दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु

देश प्रदेश समाचार २ बैशाख २०७८, बिहीबार १८:५५ मा प्रकाशित

झापा ।  झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहान ४ः२० बजे शिवसताक्षी ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नं को एम्बुलेन्स आफै अनियन्त्रत भई दुर्घट्ना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी न.पा ७ बस्ने २० वर्षिय उत्सब घिमिरे र सोही एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षिय सन्तोष तामाङ गम्भीर घाईते भई उपचारको लागि दुवैलाई बिएण्डसी अस्पताल बिर्तामोड लादै गर्दा चालकको बाटोमा मृत्यु भएको हो ।

गंभीर घाईते तामाङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरेहेको र एम्बुलेन्स ईप्रका झिलझिलेतर्फ ल्याउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?