Logo

२४ वर्षसम्म एउटै कोठामा एक पुरुषलाई बन्धक बनाएर याैन शाेषण सहित चरम यातना !

देश प्रदेश समाचार ३० चैत्र २०७७, सोमबार ०८:१३ मा प्रकाशित

नेपालगन्ज । मंगलबार अपरान्ह साढे पाँच बजेतिर नेपालगन्जमा रहेको कालपृष्ठ दैनिकको कार्यालयमा एकजना ख्याउटे शरीर भएका मानिस रुन्चे अनुहारसहित आइपुगे । उनले काँधमा एक कालो झोला बोकेका थिए । शरीर फतक्क गलेको जस्तो देखिन्थ्यो ।परिचय सोध्दा उनले आफ्नो नामसमेत अनकनाएर भन्न सके । आमाबुबाको नाम र ठेगाना उनले बिर्सिसकेका छन् ।उनले आफ्नो गाउँको ठेगानाबारे सानोमा सुनेको बताउँदै भने, खोटाङको चिसापानी गाविस हो भन्ने सुनेको थिएँ?’
नाम विज्ञान कोइराला बताउने ती व्यक्ति आफू करिब १० वर्षको उमेरमा अपहरणमा परेको र त्यसपछिका २४ वर्षसम्म बन्धक बनाएर याैन शाेषण सहित चरम यातना दिएकाे बताउछन् । त्यसरी याैन शाेषण गर्ने विदेशीहरु हुनसक्ने उनकाे भनाईबाट आशङ्का हुन्छ ।
करिब ९ वर्षको उमेरमा खोटाङबाट आमाबुवासहित काठमाडौंको सानेपा पुगेका विज्ञान एकदिन केही सामान किन्न गल्लीमा निस्केका बेला उनको अघि एक कालो गाडी आएर रोकियो । उक्त गाडीबाट तीनजना मानिसहरु निस्किए ।अचानक उनी माथि कम्बलले ढाकियो र गाडीभित्र कोचियो ।
घरमा पुग्दा उनले दुईजना महिला र एकजना पुरुष देखेको बताउँछन् । उनीहरु मसँग कुरा गर्दा नेपालीमै बोल्थे । तर आफू-आफू बोल्दा भने अर्कै भाषामा बोल्थे उनले भने ।
एक भर्खरको बालक उनले त्यतिबेला आफूमाथि के भइरहेको छ ? भन्ने समेत ठम्याउन सकेनन् । उक्त आलिसान महलको एक कोठामा आफूलाई बन्धक बनाएर राखिएको विज्ञान बताउँछन् । मलाई २४ वर्षसम्म एक कोठामा बन्धक बनाएर राखियाे अनि याैन शाेषण गरियो । याैन सम्पर्क गर्न नमानेमा ब्लेडले चिर्ने, चुराेटले पाेलिदिने जस्ता अमानविय हरकत गर्थे उनकाे जिउ र खुट्टामा हेर्दा प्रस्ट दाग देखिन्थे ।
उनलाई घरबाट बाहिर निस्कन नदिन अनेक इन्तजाम गरिएको थियो । बाहिर केही पनि नदेखिने कोठामा राखिएको थियो । घर कतितले थियो ? भन्नेसमेत उनलाई याद छैन । घरमा १५-२० वटा कोठा हुनसक्ने उनको अनुमान छ ।बाहिर तीन चारवटा च्यानल गेट राखिएको थियो । अपहरण गर्ने पुरुष कहिलेकाहीँ आउँथ्यो । दुईजना महिलाहरु पालो मिलाएर घरबाहिर निस्कन्थे । त्यसैमाथी प्रायः उनलाई बेहो स हुने सुई लगाएर राखिन्थ्यो । भक्कानिँदै विज्ञानले भने, २४ वर्षसम्म मैले घाम कस्तो हुन्छ ? आकाश कस्तो हुन्छ? तारा कस्तो हुन्छ ? जून कस्तो हुन्छ ? बाहिरका मान्छे कस्ता हुन्छन् ? थाहा पाइँन ।’
एकदिन घरमा एकजना महिलामात्रै भएको मौकामा उनले भाग्ने उदेश्यले महिलासँग भिड्न खोजे । महिलाले उनको घुँडामूनि चक्कुले घोपिदिइन् । घुँडामुनि उक्त घाउको दाग अझै रहेको छ । त्यसपछि उनको भाग्ने हिम्मत र संजोग दुवै मिलेन ।
२४ वर्षमा उनले यति यातना पाए कि अहिले कोही महिला देख्यो कि डर लाग्ने गरेको बताउँछन् । कोही मान्छेको पनि विश्वास लाग्न छोडिसक्यो,’उनले भने ।
उनीसँग हाल बचेको चिज भनेको मात्र उनको नाम मात्र हो । कहिलेकाहीँ त यही नाम पनि बिर्सिंन्छु कि भन्ने डर लागिरहन्छ । कहिलेकाहीँ आफैलाई चिन्दिनं कि भन्ने डर लाग्छ,’ लामो सुस्केरा तान्दै उनले भने ।२४ वर्ष’सम्म विज्ञान’को शो’ष’ण भ’यो । करिब चार वर्षअघि उन:को पे’ट’समेत चि’रि’यो । किन चि’रि’यो ? उनी भन्न सक्दैनन् । आजभोली अलिकति खाना बढी भयो, पानी बढी भयो भने घाँ’टी’मा सि’न्का हान्छ । पि’सा’ब फे’र्न गा’ह्रो हु’न्छ । चिया पिउन भने तलतल लागिरहन्छ,’ विज्ञान भन्छन् ।
पेट चि’रि’ए’को घा’उ नि’को हु’न एक वर्ष लागेको उनी बताउँछन् । डा’क्टरहरु पनि घरमै आउँथे । अर्कै भाषा बोल्थे । सब चिज घरभित्रै हुन्थ्यो,’ उनले हातमा बनाइएको ट्याटु देखाउँदै भने, यो पनि उनीहरुले आफै बनाइदिएका हुन् । मैले उनीहरुलाई मेरो नाम कहिल्यै भनिनं । त्यसकारण ट्याटुमा नाम दीपक लेखिदिए ।’
कसरी पुगे नेपालगन्ज ?
करिब ६ दिनअघि राति सुतेको समयमा एकाएक उठाएर विज्ञानलाई गाडीमा हालियो । राति साढे दुईबजेतिर हुनुपर्छ । म त्यति’बेला बे’हो’स् थि’एं कि जस्तो लाग्छ,’विज्ञानले भने, गाडीमा हालेर करिब दुई घण्टा जति कुदाइयो । अनि एक घना जंगलको बिचमा छाडेर उनीहरु हिंडे,’ उनले भने ।
विज्ञानका अनुसार उनी कमजोर हुँदै गएको,उमेर ढल्किन लागेको, पेट चिरेको र निरन्तर बिरामी परिरहने भएका कारण उनीहरुले अन्तमा जंगलमा छाडेर गएका हुनसक्छन् । पहिले मोटोघाटो र हृष्टपुष्ट थिएँ । पेट चिरिसकेपछि निरन्तर दुब्लाउँदै र कमजोर हुँदै गएँ, उनले भने ।
त्यो जंगल काठमाडौंको बल्खु आसपासको रहेको विज्ञान बताउँछन् । उनलाई जंगल काट्नै पाँच घण्टा लाग्यो । अग्लो पहाड काटेर म एक मान्छे नै मान्छे भएको चोकमा आइपुगें । त्यहाँ यो कुन ठाउँ भनेर सोध्दा एकजनाले बल्खु हो भनेका थिए,’ उनले भने ।
न जाने गन्तव्य न होस्को ठेगान । गले’को शरीर, मतिष्क’मा अ’ने’क त्रा’स, आ’शं’का र अवि’श्वा’स बो’केर शहर’मा दुई घण्टा कता हो कता हिडे । त्यसपछि एउटा ट्रकको पछाडि झुण्डिएर उनी तराईं झरे । ट्रकबाट झर्दा अँध्यारो भइसकेको थियो। कुन ठाउँ हो थाहा भएन । सडकमा रुँदै हिडिरहेको थिएँ । एकजना दाई आएर सोध्नुभयो । सबैकुरा बताएँ । उहाँले मिडियामा जाउ भनेर भन्नुभयो । त्यो दिन पहिलोपटक मिडिया शब्द सुनेको थिएँ,’उनले भने, कहाँ हो ? के हो?मिडिया थाहा थिएन । उहाँले पाँच सय रुपैयाँ भारु दिनुभयो। त्यसैले खाना खाँदै दुईदिन हिँडेर यहाँ आइपुगें,’ विज्ञानले भने ।
नेपालगन्जमा पनि उनी करिब तीन दिन यताउता भौतारिए । नेपालगन्ज किन आउनुभयो ? भन्ने प्रश्नमा उनले भने, मलाई थाहै छैन म कहाँ आइपुगेको छु । जता गाडी र खुट्टाले डोर्‍यायो त्यतै हिँड्दै आएँ,’ उनले भने, यहाँ आइपुगेपछि आमा बुवाको अनुहार देखिहाल्छु कि भनेर पुरुषका अनुहार हेर्दै हिंडे । आमाको अनुहार देखिहाल्छु कि भनेर महिलाको अनुहार हेर्दै हिंडे । तर भेटिनं,’ उनले भने ।
अहिले त महिलाहरुलाई देख्यो भने आमा भेट्ने आशाभन्दा तीनै बन्धक बना’एर शो’ष’ण ग’र्ने महिला’को अ’नुहा’र आँ’खाअ’घि आउने गरेको विज्ञान बताउँछन् । मान्छेको विश्वास लाग्न छाडिसकेको उनी बताउँछन् । एकदुई ठाउँमा पुलिसलाई आफ्नो पीडा सुनाएर सहयोग माग्न खोजें । तर, हामी के गर्न सक्छौँ र ? भने’मंगलबार नेपालगन्जको सेतु विक चोकमा पुगेका उनले मिडिया कहाँ छ? भनेर एक प्रहरीलाई सोधे । चोकमा खटेका प्रहरीले कालपृष्ठको कार्यालय देखाईदिए । कालपृष्ठले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेलाई सुम्पिएको छ ।
साभार :कालपृष्ठ राष्ट्रिय दैनिक


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?