Logo

प्रतिबन्धित लागु औषध सहित झामामा एकजना पक्राउ

देश प्रदेश समाचार २१ चैत्र २०७७, शनिबार २२:२३ मा प्रकाशित

भद्रपुर प्रतिबन्धित लागु औषध सहित झापामा  एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ०४ बस्ने पुर्ण बहादुर धिमालको छोरा २३ वर्षका सुमन धिमाल रहेका छन् ।
शुक्रबार दिउसो करिब २ः२० को समयमा झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं. ०५ स्थित झिम्की चौकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीटोलीले चेक जाँच गर्ने क्रममा धिमालको साथबाट लागु औषध बरामद गरेको हो ।
धिमाललाई तत्कालै नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धाको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएपी राकेश थापाले वताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?