झापा । प्रहरीले बहुविवाह र लागूऔषध मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लागऔषध मुद्धाका बिर्तामोड १ बस्ने ३३ वर्षिय संजय चौधरी र बहुविवाह मुद्धाका मोरङ सिजुवा घर भई हाल मेचीनगर १४ बस्ने २८ वर्षिय विश्वनाथ राजवंशी रहेका छन् ।
झापा जिल्ला अदालतको २०७० फागुन २१ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा चौधरीलाई दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।

लोकप्रिय समाचार




