जनकपुरधाम । आन्तरिक राजस्व कार्यलयका कर अधिकृत घुस लिदा लिदै पक्राउ परेका छन् ।
आन्तरिक राजस्व कार्यलय जनकपुरधामका कर अधिकृत रमेश ढकालले सेवा ग्राहिबाट १लाख ५० हजार घुस लिदा लिदै बिचाैलिया नबिन कर्ण सहितलाई पक्राउ गरेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।
दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
लोकप्रिय समाचार




