Logo

ब्राउन सुगरसहित दुई जना पक्राउ

देश प्रदेश समाचार १८ फाल्गुन २०७७, मंगलवार २१:१९ मा प्रकाशित

काँकडभिट्टा झापाको काँकडभिट्टास्थित मेची पुलबाट लागु औषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक- १ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ वर्षीय अनुप तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई मेचीनगर नगरपालिका ६ काँकडभिट्टा स्थित मेची पुलबाट लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार दिउसो पक्राउ गरेको हो ।

प्रहरीले खत्रीलाई ३ ग्राम ब्राउनसुगर र तामाङलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।  पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?