भद्रपुर । सन्थाल समुदायकी एकल महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुइजनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । झापा कनकाइ नगरपालिका– ४ का २८ वर्षीय प्रदीप चौधरी र ५८ वर्षीय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा कनकाई नगरपालिका ३ की ३१ वर्षीय महिलालाई शनिबार राति १० बजेको समयमा सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा पुगी ती महिलासँग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुबै जनाले मुखमा रक्सीको वोतले कोचेर पालैपालो बलात्कार गरेको पीडित महिलालाइ उदृत गर्दै प्रहरीले जनाएका छ । बलात्कारका कारण अनुहार लगायतका विभिन्न भागमा चोट पटकले महिला शक्त घाइते बनेकी डिएसपी राकेश थापाले जनाए । बलात्कार गरेर फरार भएपछि पीडित महिला स्थानीय काशीनाथ श्रेष्ठको घरमा आइतबार विहान २ बजे शरण लिन पुगेको प्रहरीको भनाइ छ । महिलाको हाल उपचार भइरहेको उनले जानकारी दिए ।
घट्नापछि पीडितले सोमबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । बलात्कारमा संग्लन भुजेललाइ घट्नाको भोलीपल्ट र चौधरीलाइ मङ्गलबार प्रहरीले पक्राउ गरी जबरजस्ती करणी र कुटपिटमा मुद्दा चलाएको उनको भनाइ छ । केही वर्ष अघि मात्रै आफ्नो श्रीमान् गुमाएकी उनीसँग एउटा ७ वर्षीय छोरा मात्रै छन् । ती छोरा समेत अर्कै घरमा बसेर पठनपाठन गर्दै आइरहेका छन् ।
महिला डेरा बस्ने घरमा उनी र अर्को परिवार समेत बस्दै आएको भए पनि अर्के घरको मानी उक्त दिन घरमा नभएको मौका पारि भुजेल र चौधरीले बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार पछि उनीहरूले अप्राकृतिक मैथुन समेत गर्दा महिलाको अत्यधिक रक्तश्राव समेत भएको जनाइएको छ ।




