Logo

जबरजस्ती करणी मुद्दाका दुई फरार झापा कारागार चलान

देश प्रदेश समाचार १३ फाल्गुन २०७७, बिहीबार ०४:५५ मा प्रकाशित

भद्रपुर झापामा जबरजस्ती करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७५ पुस १६ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा एक-एक वर्ष कैद सजाय तोकिएर हालसम्म फरार रहेका दमक नगरपालिका ९ बस्ने २० वर्षीय सङ्गम पाँचकोटी र सोही ठाउँका १९ वर्षीय ओम भनिने अमन धिमाललाई प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उनीहरूलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कैद भुक्तानको लागि दुवै जनालाई झापा कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?