Logo

आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

देश प्रदेश समाचार ११ फाल्गुन २०७७, मंगलवार १५:२४ मा प्रकाशित

भद्रपुर ।  आफ्नै श्रीमतीकाे कुटपिट गरेर हत्या गरि फरार भएका श्रीमान पक्राउ परेका छन् ।
मंगलबार बिहान करिब ०५:०५ बजेको समयमा जिल्ला झापा दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरणार्थी सिविर सेक्टर डि४ छाप्रा नं.३९ बस्ने बर्ष ५५ को सरे राईले आफ्नै श्रीमती बर्ष ४९ की बिष्णु माँया तामाङ राईलाई मादक पदार्थ सेवन गरी कुटपिट गर्दा कुटपिटबाट श्रीमतीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले वताएकाे छ । कुटपिट पश्वात श्रीमान फरार भएको भनी ऐ.०५:४५ बजे प्रहरी चौकी बाघखोरमा जानकारी प्राप्त हुन साथ प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली घट्ना स्थल तर्फ खटि गई मृतक लाशको सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी पो.मा.को लागी दकम अस्पताल पठाईको साथै कुटपिट गर्ने श्रीमानको खोजतलास गर्दै जाने क्रममा ०९:०० बजे दमक नगरपालिका वडा नं. २ स्थित एक घरबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको वताएकाे छ ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?