Logo

झापामा एकैदिन ५ वटा बिओपी उद्घाटन हुदै

देश प्रदेश समाचार ८ फाल्गुन २०७७, शनिबार २०:२६ मा प्रकाशित

फायल तस्वीर

भद्रपुर प्रदेश नम्बर १ मा ५० वटा बिओपी पु¥याउने लक्ष्य लिएको सशस्त्र प्रहरीले झापामा एकैदिन पाँचवटा बोर्डर आउट पोस्ट(बिओपी) उद्घाटन गर्ने भएको छ । झापामा १४४ लशमलव २ किलोमीटर खुला सीमा रहेको छ । सीमामा हुने अवान्छित गतिविधिलाइ नियन्त्रण गर्ने उद्देश्य लिएर सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहालले सक्रियता देखाएका छन् ।

पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी झापामा तीन वटा नयाँ बिओपी स्थापना भइसकेका छन् । डिआइजी दाहालले आइतबार झापाको नकलबन्धा छोटी भन्सारमा एक कार्यक्रमकाबिच पन्थापाडा, तिरिङ्, महेशपुर,आँपगाछी र नकलबन्धा बिओपी उद्घाटन गर्नेछन् । नकलबन्धाबाट अन्य बिओपी उद्घाटन भएकाे घाेषणा  गर्ने गण नम्बर २ का गणापति रमेशकुमार पाणडेले जानकारी दिए ।

सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पु¥याउने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी दाहालले जनाएका छन् ।
प्रदेश नम्बर १ मा ५० वटा बिओपी पु¥याउने लक्ष्य रहेकोमा अब ३ वटा बाँकी रहेको उनले जनाए । हाल सम्म प्रदेश १ मा ४२ वटा बिओपी स्थापना भइसकेको उनको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?