Logo

लागूऔषध कारोबारमा संलग्न चार पक्राउ

देश प्रदेश समाचार ८ फाल्गुन २०७७, शनिबार १२:१५ मा प्रकाशित

भद्रपुर  प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मेचीनगर १ बस्ने २१ वर्षिय विजय आले मगर , सोही ठाउँका १८ वर्षिय देव आले मगर , २१ वर्षिय मनोज तामाङ र भारत किसनगंज घर भई बिर्तामोड ५ बस्ने २० वर्षिय अभिकुमार रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो अर्जुनधारा ११ बसपार्कमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेको  जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।  ब्राउनसुगरसँगै लागूऔषध बिक्रीवितरणमा प्रयोग हुने डिजिटल तराजु र मोबाईल बरामद भएको उनले जनाए । चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको  प्रहरीले जनाएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?