विर्तामोड । वीरता लेडी जेसीजको आयोजना महेन्द्र मावि विर्तामोडमा एकदिने ट्राफिक नियम सम्बन्धि सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा सञ्चालित कार्यक्रममा विद्यालयका कक्षा ८,९ र १० का एकसय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा विर्तामोडस्थित भद्रपुर रोडमा निर्माणाधिन फोरलेन बाटो सम्पन्न भएसंगै बाटो काट्नका लागि अपनाउनुपर्ने तरिका, डिभाइडर, जेब्रा क्रसिङ, ट्राफिक संकेत, चिन्ह्र सम्बन्धी विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक शिव शर्माले सहजीकरण गरेका थिए ।विर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा तथा वीरता लेडी जेसीजका अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिटौला, अनारमनी पब्लिक क्याम्पस प्रमुख मोहन शिवाकोटी, वीरता लेडी जेसीजका पूर्व अध्यक्ष रजनी बजगाँई, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगु, महेन्द्र माविका प्रधानअध्यापक खड्गप्रसाद खरेल, विर्तामोड नगरपालिका वडा नं.–३ का वडा सदस्य सृष्टि दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । हिमा पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुमित्रा भट्टराई, आस्था वाचन इन्दिरा शिवाकोटी र जेसीआई भिजन मिसन अर्चना राउतले गरेकी थिइन् ।




