Logo

केपी ओलीलाइ मति सुधार्न सिटौलाको सुझाव

देश प्रदेश समाचार ३ फाल्गुन २०७७, सोमबार २०:२२ मा प्रकाशित

भद्रपुर नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले केपी ओलीको मति बिग्रिएकोले सुधार्न सुझाव दिएका छन् । संसद विघटनको विरुद्धमा नेपाली काँङ्ग्रेसले झापाले चन्द्रगढीमा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै यस्तो बताएका हुन् । ओलीले आत्मआलोचना गरेर संसद पुर्नरस्थापना गर्न उनले सुझाव दिए । चन्द्रगढी स्थित गणतन्त्र मैदानमा झापाका ५ वटै निर्वाचन क्षेत्रबाट आएका नेता कार्यकर्तालाइ सम्बोधन गर्दै नेता सिटौलाले ‘सेटिङ् फेटिङ जान्दैनौ संसद विघटन मान्दैनौ’ भन्ने उद्घोष गरेका थिए । सिटौलाले अधिकाँश समय केपी ओलीको सरकारमाथि खनिएका थिए । गल्ती सच्याएर संसद पुर्नवाहली गर्न उनले सुझाव दिएका थिए ।
घरको झगडालाइ लिएर मन्दीर आगो लगाउन नपाइने सङ्ज्ञा दिदै पार्टीको आन्तरिक विवादलाइ लिएर सार्वजनिक सम्पत्तिको दोहन गर्न नपाइने उनको धारणा थियो । सिटौलाले स्थीर संसद विघटन गर्ने ओलीको कदम नागरिकको अधिकार अतिक्रमण भएकोले काँङ्ग्रेस सडकमा आएको प्रष्ट पारेका थिए ।
तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम एउटा पनि नभएको उनले जनाए ।
समृद्ध नेपाल सुखी नेपाली उखान र भाषणले नहुने भन्दै प्रदेश १ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र देखाउँदै भने राजनीतिक अस्थिरता निम्तनेगरी संसद विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने सहिदको रगतमा समेत ओलीले हिलो छेपेको आरोप लगाए् ।अदालतले संविधान विपरीत निर्णय गरेमा अन्य संवैधानिक निकायले रोक्ने नसक्ने उनले बताए ।
काङ्ग्रेस सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सुधिर कुमार सिवाकोटी ,भारततेन्दु कुमार मल्लिक, जिल्ला सदस्य दिलीप राइले बोलेका थिए । ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्वाहम्फेले गरेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?