भद्रपुर । भद्ररपुर र भारतकाे गलगलिया नाका तुरुन्तै खुलाउन माग गर्दै आज भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका
छन् ।
नेपाली काङ्ग्रेस ५ नं• वडा ससमिति भद्रपुरले आईतबार भद्रपुरकाे मेचीपुल देखि माेटर साईकल र्यालि निकालेर नगरपालिकामा आएर नगरपालिकाका प्रशासकीय अधिकृत हाेमनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए ।
र्यालिमा आएका काङ्ग्रेसका कार्यकर्ताहरुले नगरपालिकाे गेट अगाडि केहिबेर नेपाली काङ्ग्रेस जिन्दावाद , सिमा नाका खुल्ला गर, वेराेजगारीलाई राेजगार दे, लाेकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए।
प्रशासकीय अघिकृत भट्टराईले ज्ञापनपत्र बुझ्दै नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठ नभएकाे कारणले म याे ज्ञापनपत्र नगर प्रमुख मार्फत सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता गरेका थिए ।
लोकप्रिय समाचार




