Logo

झापाका सीमा पिलर रातारात नेपाली भू–भागमा

देश प्रदेश समाचार २३ माघ २०७७, शुक्रबार ११:४४ मा प्रकाशित

झापा नेपालमा राजनीतिक तरलता तथा विभिन्न आन्दोलनको मौका छोपेर भारतले सीमा स्तम्भ सार्दै आइरहेको छ । नेपाल–भारत छुट्टयाउन गाडिएका झापाका अधिकांस पिलर भारतले नेपाल तर्फ अतिक्रमण गर्दै आइरहेको स्थानीयको दाबी छ । साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका ४ डाँगीबारीमा राखिएको १०३ नम्बर पिलरले प्रमाणित गरेको छ ।
पहिले राखिएको भन्दा करिब ५ सय मिटर पश्चिम नेपाली भूमीमा १०३ नम्बरको जङ्गे पिलर राखिएको पाइएको छ । स्थानीय राम गोपाल सो गाउँमा बसेको ६० वर्ष भयो । शुरुमा देखेको सीमा स्तम्भ हाल उनको जग्गा नजिक आइपुगेको बताए । हेर्दा आँखाले नदेखिने स्तम्भ अहिले घर छेउ आइपुग्न लागेको उनको भनाइ छ । यो पिलर सारेको ८ बर्ष जति भएको उनको अनुमान छ । हाल दुले माइला रायको नम्बरी जग्गामा १०३ नम्बरको स्तम्भ गाडिएको उनले जानकारी दिए। यो सगै मझौला स्तम्भ समेत सोही तरिकाले सार्दै आइरहेको स्थानीयको भनाइ छ । पिलर सारेपनि ती क्षेत्रहरुमा दोहोरो खेति प्रणाली भने चलिरहेको स्थानीयको भनाइ छ । द्धन्द्धको समयमा असुरक्षित देखाउँदै प्रहरीले सीमा क्षेत्र छाडेर सहर केन्द्रीत भएपछि भारतीयले मौका छोपेको स्थानीय जानकारहरुको दाबी छ । यो एउटा उदाहरण मात्र हो यस्ता खाले घटना प्रायः सवै क्षेत्रतिर भएको बताउँछन्।
उता भारतीय सीमाअन्तर्गत गौरीगन्जको विभिन्न वडामा रहेका स्तम्भमध्ये ३० देखि ४० वटा सीमास्तम्भ जोखिममा रहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको दाबी छ । सीमास्तम्भ तत्काल मर्मत नगरे सीमा मिचिने खतरा रहेको उहाँले बताए । ‘सीमास्तम्भहरू व्यवस्थपन नगरे अरू ठाउँमा पनि कालापानी, लिपुलेक, लिम्पियधुरा र सुस्ताको जस्तो समस्या आउँने उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालयका प्रमुख डिआइजी वंशीराज दाहालले सीमा स्तम्भ एकदेशले मात्र चाहेर नसर्ने बताए। दुइ देशका संयुक्त नापी विभागको अनुगमनले मात्र हराएका, ढलेका सीमास्तम्भका विषयमा टुङ्गो लाग्ने उनको भनाइ छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटिनुभन्दा अघि जे जस्तो भएपनि सशस्त्र परिचालन भएयता एक इन्च पनि तलमाथि नभएको उनले दाबी  गरे।
भारतसँग एक सय ४४ दशमलब २ किलोमिटर क्षेत्रमा जोडिएको झापामा १२ वटा रिफरेन्स पिलरसहित ९ सय ९५ वटा छन् ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?