भद्रपुर / सञ्चारमाध्याममा भारतीय चिठ्ठाको विषयमा समाचार सार्वजनिक भएपछि जनपथ प्रहरीले चासो देखाएको छ । भारतीय चिठ्ठा सञ्चालन शिर्षकमा देश प्रदेश डटकममा समाचार सार्वजनिक भएको थियो ।
सोही समाचारलाइ लिएर झापा प्रहरीले सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गरि आइतबार विहान ११ बजे भद्रपुर ५ बसपार्कबाट चिठ्ठा बेचिरहेको अवस्थामा प्रहरीले चिठ्ठासहित एक भारतीय युवकलाइ नियन्त्रणमा लिएको हो ।

भारत बङ्गाल डाँगीजोत बस्ने २२ वर्षिय मोहमद समिर नाम बताउने व्यत्तिलाइ नियन्त्रणमा लिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । उनको साथबाट ४ हजार मूल्य बराबरका पन्ध्रठेली चिठ्ठा बरामद गरिएको उनको भनाइ छ । थप अनुसन्धानसहित कानूनी कारबाहीका लागि जिल्लामा राखिएको उनले जानकारी दिए ।
लोकप्रिय समाचार




