Logo

आज बाट झापामा पनि काेराेना विरुद्धको खोप शुरु

देश प्रदेश समाचार १४ माघ २०७७, बुधबार २१:१४ मा प्रकाशित

भद्रपुर ।  कोरोना भाइरस विरुद्धको खोप अभियान आज बाट झापामा पनि शुरु भएको छ ।
आज विहान भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कन्सल्टेन डा. मनिस सुवेदी र जिल्ला स्वास्थ्य कार्यालयका जीवन चौंलागाँईले खोप लगाएर कोरोना विरुद्धको खोप कोभिसिल्ड खोप अभियानको प्रारम्भ गरेका थिए ।
पहिलो दिन आज झापाका तीनवटा खोप केन्द्र मार्फत ५ सय ३५ जनाले ‘कोभिसिल्ड’ खोप लगाएका थिए ।
झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७६, अनारमनी नगर अस्पतालमा तीनसय १४ र दमक केन्द्रमा एकसय ४५ जनाले कोभिसिल्ड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका थिए ।
पहिलो चरणमा फ्रन्टलाईनमा काम गर्नेलाई, फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयमसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?