Logo

कपास उद्योगमा आगलागी, करिब १२ लाखको क्षति

देश प्रदेश समाचार ७ माघ २०७७, बुधबार ०९:४४ मा प्रकाशित

भद्रपुर झापामा एक कपास उद्योगमा आगलागी भएको छ । भद्रपुर ५ बसपार्क स्थित रामचन्द्र सनहीले सञ्चालन गर्दै आइरहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १२ लाख बढीको क्षति भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीबाट उद्योगमा रहेको एउटा मेसिन र ५७ बोरा कपास जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुलेको छैन । मङ्गलवार दिउँसो ३ बजेर ४० मिनेट उद्योगमा आगो लागेको थियो ।  उद्योगमा आगो लागेपछि स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलले ४ बजे आगो नियन्त्रणमा लिएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?