भद्रपुर । कुनै पनि अबैध सामान सिमा सुरक्षार्थ निकायले बरामद गरेपछि जतिसक्दो चाडाे भन्सारमा बुझाउने प्राबधान भए पनि वडा प्रहरी कार्यलय भद्रपुरले अबैध सामान बुझाएकाे छैन ।
भारतबाट भन्सार छलेर ल्याउदै गरेकाे ३० वटा काँसका थाल भद्रपुरका एक व्यापारीकाे हप्ता दिन अघि वडा प्रहरी कार्यलयले बरामद गरेपनि आईतबारसम्म भद्रपुर भन्सारमा बुझाएकाे छैन । प्रहरीले पुस २४ गते साँझ ७ बजे भद्रपुर-४ डाँगीबारी क्षेत्रबाट बरामद गरेकाे थियोे ।
प्रहरीले बरामद गरेको उक्त सामान आईतबार दिउँसोसम्म भन्सार नबुझाएकाे भद्रपुर भन्सार कार्यलय मुद्दा फाँटाका कर्मचारीले राजन भुजेलले वताए ।प्रहरीले थाेरै सामान बरामद गरेपछि तत्काल भन्सार बुझाउने गरेकाे तर,काँसका थाल हालसम्म नबुझाएकोले वडा प्रहरी माथि काराेवारीले आशङ्का गरेका छन् ।
प्रहरीले बरामद गरेको सामानकाे मुल्य थाेरै भएकाे अबस्थामा भन्सार बुझाउन केही दिन समय लाग्ने जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी राकेश थापाले जनाए । वडा प्रहरी कार्यलयले सामान गरेकै दिन जिल्लामा जानकारी गराएकाेले प्रहरीमाथि आशङ्का नगर्न उनले बताए । प्रहरीले आईतबार ३० हजार अनुमानित मुल्य राखेर सामान भद्रपुर भन्सार बुझाई सकेकाे थापाले बताए । बरामद गरेको सामान प्रहरीले नबुझाएका काराेबारीले जानकारी गराएपछि भन्सारमा पुगेका सन्चारकर्मीले जानकारी लिएकाे केहिबेर पछि वडा प्रहरीले भन्सारमा सामान बुझाउन ल्याउनु भन्सार र वडा प्रहरीकाे तालमेल भएकाे प्रमाणीत भएकाे छ ।ब्लाष्ट टाईम्सबाट




