विर्तामाेड । सरकारकाे असंबैधानिक कदमविरुद्ध देशव्यापी कार्यक्रमअन्तर्गत नेपाली कांग्रेस बिर्तामोड नगर समितिले आज साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।त्यसक्रममा प्रहरीसँग झडप भएको छ । प्रहरीले राँको खोस्नेक्रममा झडप भएको हो । त्यसक्रममा एकजना नेविसंघका कार्यकर्ता भएका छन् । पुरानो भद्रपुर रोडबाट शुरु भएको जुलुस मुक्ति चोकमा पुगेपछि प्रहरीले राँको खोस्न थालेको थियो ।राँके जुलुस हुने भएपछि ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो । प्रहरीले राँको खोसेपनि कांगे्रस कार्यकर्ताहरुले कोणसभा सम्पन्न गरेका छन् । कोणसभामा नगरसभापति भोजराज सिटौला र प्रचारप्रसार विभागका कृष्ण हुमागाईले संबोधन गरेका थिए । उनीहरुले केपी ओली सरकार र प्रहरी दमनको तीब्र विरोध गरेका थिए । जुलुसमा एक हजारको हाराहारीमा सहभागी रहेको जनाइएको छ ।
लोकप्रिय समाचार




