भद्रपुर । भद्रपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट चार लाख बढीको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ३ पैतिसलाइन स्थित कुलबहादुर विष्टले सञ्चालन गरेको बोईलर कुखुराको फर्ममा मङ्गलवार बेलुका विद्युत् सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट फर्मभित्र रहेका अन्दाजी एक सय ५० वटा बोईलर कुखुरा जलेर मरेको छ । अन्य मानवीय तथा चौपाया क्षति नभएको आगलागी स्थानीयवासी, नेपाल प्रहरी र भद्रपुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।

लोकप्रिय समाचार




