भद्रपुर । गत एक महिनादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ गाैरीशंकर स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा र पोषिलो खानेकुरा वितरण गरिएको हो । हिमानी कोषबाट वितरित सो राहत वितरण गर्न हिमानी कोषकी संरक्षक पूर्व युवराज्ञी हिमानी शाह , पूर्व युवराज पारसका छोराछोरीले वितरण गरेका थिए ।
त्यस विद्यालयका विद्यार्थीहरुलाई अब लगातार ३ वर्ष हिमानी कोषले पोषिलो खानेकुरा वितरण गर्ने जनाइएको छ । त्यस्तै कार्यक्रममा ३०जना बृद्धबृद्धालाई पनि पोषिलो खानेकुरा प्रदान गरिएको थियो । कार्यक्रममा साे क्षेत्रका बारेमा राजु पनेरुले पूर्व राजपरिवारलाइ जानकारी गराएका थिए । हिमानी काेषकाे बारेमा उत्तम निराैलाले जानकारी गराएका थिए ।

राधा कार्कीले धन्यबाद मन्तव्य राखेकी थिइन् भने अभिशेक ढुङगनाले कार्यक्रम सन्चालन गरेका थिए ।







