Logo

कचनकवल र हल्दिवारी गाउँपालीकामा पृथ्वी जयन्तीकाे अवसरमा सार्वजनिक विदा

देश प्रदेश समाचार २५ पुष २०७७, शनिबार १३:१० मा प्रकाशित

भद्रपुर । देशमा जताततै पुर्व राजाका सालिकहरु भत्काकाए पनि झापा जिल्लाका दुई गाउँपालिकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
जिल्लाका कचनकवल र हल्दिवारी गाउँपालीकाले पुस २७ गते पृथ्वी जयन्तीकाे अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
पुस २३ गते बसेकाे कार्यपालिका बैठकले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेकाे हल्लिवारी गाउँपालिका प्रमुख रविन्द्र लिङ्देनले बताए । गाउँपालिकाले माघे संक्रान्तिका अवसरमा पनि सार्वजनिक   विदा दिने निर्णय गरेकाे छ ।
उता कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक विदा दिएकाे गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?