भद्रपुर ।अवैध रुपमा शिकार खेल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल झापाले दुइ थान भरूवा बन्दुकसहित एक व्यक्तिलाइ पक्राउ गरेको छ ।
कचनकवल ७ स्थित पाथिभरा सामुदायिक वनमा अवैध हतियारसहित केहि व्यक्ति शिकार खेल्दै गरेकोे सूचनाका आधारमा विओपी पृथ्वीनगर र पाठामारीबाट सशस्त्र प्रहरीका इन्सपेक्टर अशोक न्यौपानेको कमाण्डमा मङगलबार साझ खटिएको १३ जनाकाे टोलीले कचनकवल ७ खुट्टामारी बस्ने ३२ वर्षिय मनिष माङमुलाइ पक्राउ गरेको सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएकाे छ ।

उनको साथवाट भरुवा बन्दुक २ थान , केप थान ८, टल्लो थान ६, छर्रा थान ८,लाइटर थान १ र मेजर चुरोटको बट्टा थान १ बरामद गरिएको सशस्त्रका सुचना अधिकारी एवम डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
घटनापछि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा आवश्यक कारबहीको लागि बुझाएको उनले जानकारी दिए ।
लोकप्रिय समाचार




