Logo

स्वर्गद्धारी सहकारीको साधारणसभा सम्पन्न

देश प्रदेश समाचार १८ पुष २०७७, शनिबार १९:४९ मा प्रकाशित

भद्रपुर स्वर्गद्धारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपाल बहादुर थापाको सभापतित्व तथा शान्ती कृषि बहुमुखी सहकारी संस्थाका अध्यक्ष देवी प्रसाद दाहालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रगतिविवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले आर्थिक वर्ष ०७६।७७मा ४ करोड ४५ लाख ३२ हजार ७ सय ५१ को कारोबारबाट कुल आम्दानी २८ लाख ६५ हजार ७ सय ५८ र कुल खर्च तर्फ २४ लाख ९९ हजार ६ सय ५१ मा ३ लाख ६६ हजार १ सय ६ रुपैयाँ नाफा गरेको जनाएका थिए । कार्यक्रममा आर्थिक वर्ष ०७७।०७८का लागि ४० लाख रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत् गरेका थिए ।
उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा अतिथी छत्र प्रसाद अधिकारीले मन्तव्य राखेका थिए भने सञ्चालन प्रकाश भण्डारीले गरेका थिए ।
त्यसैगरी वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को नवौं वार्षिक सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रगतिविवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष अरूण बस्नेतले ३ सय ४५ जना शेयर सदस्य रहेको संस्था शेयरधनी लक्ष्यित सेवा प्रवाहमा जोड दिइरहेको विवरण पेश गरेका थिए । अध्यक्ष बस्नेतले कोरोना कहरका कारण विगत वर्षहरूमा जस्तो बृहद कार्यक्रम गर्न नसकेको समेत अवगत गराएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष डिल्लीराम अधिकारीले एक करोड २१ लाख ९३ हजार १ सय २६ रूपैयाको वार्षिक कारोवार गरेको संस्थाले ३ लाख २२ हजार ६ सय ६६ रूपैया खुद नाफा गरेको विवरण प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित गरेको थियो ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?