काठमान्डाैै । प्रतिनिधि सभा संसद विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल समूहले मंगलबार काठमान्डौंमा शक्ति प्रदर्शन गरेकाे छ ।राजधानीको विभिन्न स्थानबाट एकैसाथ निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो । प्रदर्शनमार्गस्थित सडकमा बनाइएको मञ्चमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् ।
लोकप्रिय समाचार




