Logo

नेकपा अध्यक्षबाट ओलीलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

देश प्रदेश समाचार ७ पुष २०७७, मंगलवार १९:२४ मा प्रकाशित

काठमाडाै नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने प्रचण्ड–माधव नेपाल समूहले निर्णय गरेको छ ।

प्रचण्ड–नेपाल समूहको मङ्गलबार भएको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो।

मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियाे । ब्लाष्ट खबरबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?