Logo

ओलीले गृहजिल्लाबाट थपे १७ केन्द्रीय सदस्य

देश प्रदेश समाचार ७ पुष २०७७, मंगलवार १७:५७ मा प्रकाशित

काठमाडाै प्रधानमन्त्री केपी ओलीले मंगलबार घोषणा गरेको नेकपाको महाधिवेशन आयोजक कमिटीमा झापाका १७ जनाले केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन्।

ओलीले गृह जिल्लाका नेकपा अध्यक्ष चिन्तन पाठकसहित १७ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी तोकेका हुन्।

जिम्मेवारी पाउनेमा लालप्रसाद साँवा (एलपी), दीपक कार्की,  प्रेम गिरी, हरिचरण शिवाकोटी, रोमनाथ ओली, मेनुका काफ्ले, अर्जुन राई, हरिचरण बाँनिया छन्।

त्यसैगरी, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिराकुमार थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल छन्।

साँवा झापा ४ बाट प्रतिनिधिसभा निवर्तमान सांसद हुन् भने शिवाकोटी राष्ट्रिय सभा सदस्य हुन्।

दीपक कार्की, गिरी र गौतम तत्कालीन संविधानसभा सदस्य हुन्।

रोम ओली प्रधानमन्त्रीको गृह नगर दमक नगरपालिकाका प्रमुख र काफ्ले कमल गाउँपालिका अध्यक्ष हुन्।

राई जिल्ला विकास समिति झापाका पूर्वसभापति हुन्। केन्द्रीय सदस्य मनोनित बाँनिया पार्टीमा लो-प्रोफायलको पुराना नेता मानिन्छन्।

विक निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।

गजमेर, थापा र  एकराज  कार्की प्रदेश सांसद हुन्। बराल, भण्डारी, बस्नेत र बुढाथोकी  पार्टीको विभिन्न  भूमिकामा जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन्।

गिरीको जिम्मेवारी यकीन भइनसकेको स्रोतले बतायो।

गिरीले पनि नयाँ जिम्मेवारी पाएको भए झापाबाट १८ जना नेकपाका नयाँ केन्द्रीय सदस्य हुनेछन्।

यसअघिदेखि नै केन्द्रीय जिम्मेवारीमा रहेका देबेन्द्र दाहाल, नरेश खरेल,धर्मशीला चापागाईं, रविन कोइराला, हरी राजवंशी , भाष्कर काफ्ले र देवराज घिमिरे केन्द्रीय सदस्य कायम रहेको नवमनोनित केन्द्रीय सदस्य तथा झापा अध्यक्ष पाठकले बताए ।

तर, यसअघि देखि नै केन्द्रीय जिम्मेवारीमा रहेका उनीहरू सात जना केपी ओली पक्ष वा नेपाल-दाहाल पक्ष कता उभिएका छन् स्वतन्त्र पुष्टि भइसकेको छैन।   अायाे मेल डटकमबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?