Logo

हामी फेरि आउने चुनावमा दुई तिहाई ल्याउँछाै:ओली

देश प्रदेश समाचार ७ पुष २०७७, मंगलवार १६:५८ मा प्रकाशित

 काठमान्डाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अव हुने चुनावमा हाम्राे पाटीले फेरिपनि दुई तिहाई मत ल्याउछ भनेर ठाेकुवा गरेका छन ।आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा यस्ताे वताएका हुन । ओलीले भने चुनाव हुन्छ कि हुदैन भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । मेरा साथीहरू ले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए ।आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । अहिले ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?