हेटौडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभरी सरकारको विरोधमा प्रदर्शन गरेको छ
हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले अव नेपाली जनता ओली सरकारबाट मुक्तीको चाहाना भएको वताए । देउवाले भने ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ।

राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए ।देउवाले सोमबारको भाषणमार्फत अब गणतन्त्रको रक्षाका लागि भए पनि ओली सरकार ढाल्नुपर्ने संकेत गरेका छन् ।आफूले यसअघि नै कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाइने छैन भनेको स्मरण गर्दै केपी ओलीले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै देउवाले सरकारको चर्को आलोचना गरे ।
लोकप्रिय समाचार




