Logo

शिक्षक हत्यारालाइ कारबाही हुनु पर्ने माग

देश प्रदेश समाचार २९ मंसिर २०७७, सोमबार १९:१६ मा प्रकाशित

भद्रपुर मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा खोजी गरी अविलम्ब कारबाही हुनु पर्ने माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत ४ शुत्रीय माग सहित ज्ञापन पत्र बुझाएको छ ।
उत्तरी मोरङको मिक्लाजुङ १ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै सङ्गठनले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको हो ।

सङ्गठनका झापा जिल्ला अध्यक्ष कपिलदेव तिम्सिनाको नेतृत्वमा गएको शिक्षकको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा शिक्षक श्रेष्ठका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याइनु पर्ने, सहिद घोषणा गरिनु पर्ने, परिवारको भरण पोषणका लागि राज्य गम्भीर बन्नु पर्ने लगायत माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?