काठमान्डौ । आज बसेको नेपाल भारत ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’को बैठक सम्पन्न भएको छ । बैठकमा यसपटक पनि नेपालको बिजुली भारतले खरिद गर्नेबारे ठोस सहमति हुन सकेन ।
उक्त बैढकमा नेपाली पक्षले वर्षा अगावै नेपालको बिजुली भारतले किन्ने गरी कानूनी बाटो खोल्न गरेको प्रस्तावमा भारतीय पक्षले माथिल्लो तहमा छलफल गर्ने’ पुरानै शैलीको जवाफ दिएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

बैठकमा नेपालले भारतको ‘इनर्जी एक्सचेन्ज’ बजारमा प्राधिकरणमार्फत बिजुली बेच्ने व्यवस्था लागि कानूनी बाटो खोलिदिन भारतलाई आग्रह गरेको थियो
बैठकमा नेपालले भारतको ‘इनर्जी एक्सचेन्ज’ बजारमा प्राधिकरणमार्फत बिजुली बेच्ने व्यवस्था लागि कानूनी बाटो खोलिदिन भारतलाई आग्रह गरेको थियो । भारतले आफ्नो अन्तरदेशीय विद्युत ब्यापार निर्देशिकाअनुरुप ‘कन्डक्ट अफ बिजनेस रुल्स’ जारी गरेपछि मात्रै प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न सक्छ ।
भारतीय विद्युत एक्सचेन्ज मार्केटमा प्रवेश गर्न प्राधिकरणले भारतको एनटीपीसी विद्युत ब्यापार निगम ९एभीभीएन०सँग समझदारी गरिसकेको छ । तर, भारतले विदेशको कम्पनीबाट आउने बिजुलाई एक्सचेन्ज मार्केटमा प्रवेश दिने गरी कार्यविधि जारी गरेको छैन ।
नेपाल सरकारले प्राधिकरणलाई देशभित्र खपत भएर बढी हुने बिजुली भारतीय ‘डे अहेड र टर्म अहेड’का आधारमा भारतीय एक्सचेन्ज मार्केटमा बिक्री गर्न सहमति दिइसकेको छ ।
भारतीय पक्षले नेपाली पक्षले उठाएका सवालमा सकारात्मक प्रतिक्रिया दिएको ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालले बताए । ‘सहमतिबारे माइन्युटिङ भइसकेको छैन,’ उनले भने,’सहमतिको माइन्युटिङ गरेर आदानप्रदान गरेपछि त्यसलाई अन्तिम रुप दिएर हस्ताक्षर हुनेछ ।’
बैठकमा सहभागीहरुका अनुससार ‘इनर्जी एक्सचेन्ज’ लागि विगतमा भारतसँग भएको समझदारी पनि नेपालले स्मरण गराएको छ । भारतीय पक्षले यो विषय पनि उच्च तहमा छलफल गरेर छिट्टै टुंग्याउने आश्वासन दिएको छ । भारतले अन्दरदेशीय विद्युत ब्यापारका लागि जारी गरेको निर्देशिकामा इनर्जी बैंकिङको प्रस्ताव राखेको छैन ।
नेपालले त्यस्तो प्रावधान राखेर वर्षामा बढी हुने बिजुली भारतले लैजाने र त्यसको सट्टामा हिँउदमा भारतबाट नेपालले बिजुली ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेको दुई वर्ष बितिसकेको छ ।
बैठकमा ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालको तर्फबाट नेतृत्व गरेका थिए भने भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहा भारतीय पक्षको नेतृत्व गरेका थिए ।




