सुनिल भट्टराई
ईटहरी । सुचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप यस वर्ष सुनसरी, मोरंग, झापा लगायत देशका ७७ वटै जिल्लामा हुने भएको छ । इटहरीमा विगत २० वर्षदेखि सूचना प्रविधिका क्षेत्रमा काम गरीरहेको संस्था लोटस मल्टी ट्रेनिंग प्रा.लि.ले यस वर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा सुनसरी, झापा र मोरंग जिल्लाका विद्यार्थीलाई लैजाने भएको हो ।
माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो । प्रतियोगितामा जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तह रहेको छ ।
१३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही प्रतियोगितामा सहभागी हुन सक्दछन् । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिष्पर्धा गराईएको थियो । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका छानिनेछन् । राष्ट्रिय प्रतियोगितामा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय प्रतियोगिताबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधि हासिल गरेको थियो ।
उक्त कार्यक्रममा सहभागि हुन इच्छुक प्रतियोगिहरुले २०७७ साल पुष १ गतेबाट रजिष्टे«शन फाराम भर्न सकिने जानकारी प्रा.लि.का सञ्चालक रविन्द्र निरौलाले बताउनुभयो । रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीहरुलाई अनलाइन अभ्यासका लागि आइडी, पासवर्ड तथा अन्य शैक्षिक सामग्रीहरु माइक्रोसफ्टका तर्फबाट उपलब्ध हुने जानकारी समेत निरौलाले बताए । प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले १००,०००÷– देखी १५०,०००÷– बराबर शैक्षिक सामग्री प्राप्त गर्ने हुँदा सम्पुर्ण विद्यार्थीहरुलाई यो अवसर नगुमाउनु हुन प्रा.लि.का सञ्चालक निरौलाले जानकारी गराउनुभयो ।

सहभागिता जनाउनका लागि :
१. सहभागिता जनाउनका लागि क कसले पाउने?
१३ वर्षदेखी २२ वर्ष सम्मका जोकोहि विद्यार्थी यस कार्यक्रमा सहभागिता जनाउन सक्नेछन् ।
२. सहभागिलाई के फाइदा ?
माइक्रोसफ्टको सर्टिफिकेट प्राप्त भई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनु,
जिल्लाबाट छनौट भई राष्ट्रिय प्रतिस्पर्धामा छनौट भएमा अमेरिका गई नेपालको तर्फबाट प्रतियोगि हुन पाउने
अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेमा रु. सात हजार, तीन हजार पाँच सय र एकहजार पाँच सय अमेरिकन डलर, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्न सक्नेछन् ।
के नेपालले विश्वजारसँग प्रतिस्पर्धा गर्न सक्ला?
सन् २०१३ को प्रतिस्पर्धामा नेपालले विश्वका १३८ देशलाई पछि पारी हिमाल श्रेष्ठ च्याम्पियन भएका थिए ।
विद्यालयले कसरी कार्यक्रममा सहभागिता जनाउन सक्छन्?
विद्यालयका तर्फबाट एक जना प्रोगाम कोअडिनेटरको व्यवस्था गर्नुपर्नेछ, कार्यक्रम सम्पन्न पश्चात प्रोगाम कोअडिनेटर तथा विद्यालयलाई माइक्रोफ्टका तर्फबाट प्रमाणपत्र पाउने
उत्तीर्ण विद्यार्थीहरु र सहभागि विद्यार्थीहरु सबैलाई प्रमाणपत्र आउने (पास भएकालाई तर फेल भएकालाई सहभागिताको प्रमाणपत्र आउनेछ)
विद्यार्थीले कसरी अभ्यास गर्न पाउँछन्?
रजिष्ट्रेशन पश्चात प्रतिस्पर्धाका लागि शैक्षिक सामग्री सहित आइडी र पासवर्ड माइक्रोफ्टले नै उपलब्ध गराउने हुँदा विद्यार्थीहरुले अनलाइन मार्फत् सहजै अभ्यास गर्न सक्नेछन् ।
विद्यार्थीलाई के फाइदा ?
माइक्रोसफ्ट सर्टिफाइ हुनुका साथ साथै रु. १,००,००० लाख देखि रु. १,५०,००० सम्मको ज्ञान प्राप्त गर्न सक्नेछन् । वल्ड च्याम्पियनसिप का बिजेताले अमेरिकन डलर ७००० , मेडल, ट्रफि पाउनुका साथै चाहेकाे विश्वविद्यालयमा स्काेलरसिपमा अध्ययन समेत गर्न पाउनेछन् ।




