Logo

प्र म ओलीलाई माधव कुमार नेपालको चेतावनी

देश प्रदेश समाचार १६ मंसिर २०७७, मंगलवार २२:३८ मा प्रकाशित

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिएका छन् ।
ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।
मंगलबारको बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताउदै, अब पार्टी एकता कसैले तोड्न नसक्ने र तोड्न नदिइने उनले बताए
केपी ओली व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?