काँकडभिट्टा । सीमा नाका खोल्न र होल्डिङ सेन्टर हटाउन माग गर्दै व्यवसायी, मजदुर तथा स्थानीयले आज पनि काँकडभिट्टामा धर्ना, प्रर्दशन र नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा सोमबार काँकडभिट्टामा धर्ना, प्रर्दशन र नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।

।
रोगले होइन भोगले मान्छे मर्न थाले, व्यवसायी बन्दीले जनता मरे आर्थिक मन्दीले, सीमा नाका खुल्ला गर, होल्डिङ सेन्टर तुरुन्त बन्द गर, होल्डिङ सेन्टरबाट गाडी बुक गर्न बन्द गर लगायतका नाराका साथ होटल, ट्राभल, यातायात, उद्योगी व्यवसायी, मजदुर लगायत स्थानीयबासीहरुले हातमा प्लेकार्ड बोकेर काँकरभिट्टा इलाका प्रहरी कार्यालय अगाडि आधाघण्टा धर्ना, लक्ष्मी मन्दिर छेउ बिच सडकमा विरोध जुलुस कोण सभा र र मेचनगरपालिकामा उपप्रमुख मिना पोदरेल उप्रेतीलाई ज्ञापन पत्र बुझाएका थिए ।
कोण सभामा होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र), खुद्रा व्यापार संघका अध्यक्ष भुपाल शिवाकोटी, धर्ना र जुलुस कार्यक्रमका संयोजक ध्रुब गिरी लगायतले सीमा नाका तत्काल खोल्न र काँकरभिट्टा माविको मैदानमा रहेको होल्डिङ सेन्टर हटाउन माग गरेका थिए ।
होटल व्यवसायी संघका नगर अध्यक्ष श्रेष्ठको सभापतित्व र यातायात व्यवसायी केशव गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लाेकतन्त्र पाेष्टबाट




