Logo

कलवलगुरी कृषि सहकारीको १४ औँ वार्षिक साधारण सभा(हेरौँ तस्वीरमा)

देश प्रदेश समाचार १३ मंसिर २०७७, शनिबार १६:२३ मा प्रकाशित

भद्रपुर कलवलगुरी कृषि सहकारी संस्था लिमीटेड भद्रपुर –१० को १४ औँ वार्षिक साधारण सभा शनिबार चन्द्रगढीमा सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष भीम दाहालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । कोभिड–१९ को सामना गर्दै चालु आर्थिक वर्ष ०७६।७७ मा ४८ लाख ६९ हजार ४ सय ४ रुपैयाँ आम्दानी र ४२ लाख ३५हजार ५ सय ५१ सञ्चालन गरी ६ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्ष दाहालले संस्थाको साङ्गठानिक प्रतिवेदन मार्फत प्रस्तुत् गरेका थिए । कोरोना भाइरसका कारण ०७६ चैत्र ११ देखी असार मसान्तसम्मको कर्जाब्याज र किस्तामा लाग्ने हर्जना छुट गरिएको जनाएका थिए ।
सभाले जेष्ठ नागरिक सम्मानबाट तुलसादेवी दाहाल र ओमनाथ न्यौपाने,उत्कृष्ट ऋणिमा भुलाइ राजवंशी र बचतकर्तामा नरेश राजवंशीलाइ सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट सन्तति छात्रवृत्ति कार्यक्रम अन्र्तगत कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने प्रदिप दाहाल र प्रतिक्षा दाहाललाइ जनही १५ हजार ५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी सहकारी ऐन २०७४ को दफा४१(५) अनुसार कुनै व्यत्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने र सोही ऐन अनुसार निर्वाचित वा मनोनित जनप्रतिनिधि र राष्ट्रसेवकको रुपमा कार्यरत कर्मचारी वा नेपाल सरकारको तलब बुझ्ने कर्मचारी सञ्चालक हुन नपाउने व्यवस्था भएकोले संस्थापक अध्यक्ष भीम दाहाल,उपाध्यक्ष अम्बिकाप्रसाद ढकाल,सचिव कल्पना नेपाल र लेखा समिति सदस्य महेशकुमार दाहालले पदबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा बाँकी पदको एकवर्ष अवधिका लागि क्रमशः छविलाल सुवेदी,नारायण प्रसाद चौलागाई,तुलसी कार्की ,सरोज काप्mले, सरोज कुमार कार्की र गोमा दाहाललाइ चयन गरिएको थियो ।
कोषाध्यक्ष सुमना दाहाल चापागाईले स्वागत गरेको कार्यक्रममा प्रकाश कृषि सहकारीका गोपाल श्रेष्ठ, १० नम्बर वडाअध्यक्ष टेकबहादुर (काजी ) खड्का,कृषि अर्थ विज्ञ शालिकराम भट्टराइ,जिल्ला सहकारी सङ्घका भलाकाजी कठेत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कल्पना नेपालले गरेकी थिइन् ।

 

 

 

 

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?