Logo

प्रहरीले घरमा छापा मारेर ब्राउनसुगरसहित चारजना नियन्त्रणमा

देश प्रदेश समाचार ८ मंसिर २०७७, सोमबार १९:३३ मा प्रकाशित

झापा  झापाको मेचीनगर ७ स्थित मदन वस्तीमा रहेको आसन्ती राजवंशीको घरमा प्रहरीले छापा मारेर नगदसहित लागूऔषधमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । उक्त घर भाडामा लिएर सीताराम आङ्गदम्वे र मनिषा मगर आङ्गदम्वे लागूऔेषधको धन्दोे चलाईरहेको भन्ने ेगोप्य सूचनाको आधारमा प्रहरी छापा मारेको थियो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक जीवन मैनाली र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाका प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठको नेतृत्वको टोली छापा मारेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

उनकाअनुसार आङ्गदम्वे दम्पतिले लागूऔषधको अवैध कारोवारबाट आर्जन गरेको नगद एक लाख ३३ हजार रूपैयाँ, १३ ग्राम ब्राउन सुगर, ३ थान मोवाइल सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

प्रहरीले लागूऔषध खरिद गर्न आएका धरान उपमहानगरपालिका–५ का कल्याण राई र ६ का रिजन लकान्द्रीलाई समेत नियन्त्रणमा लिएको बताईएको छ । राईका साथबाट ५ तथा लकान्द्रीकासाथबाट १० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । लागूऔषधसहित उनीहरू सवार को ३५ प ७०१६ नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चारैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । उनीहरू विरूद्ध प्रहरीले लागूऔषध बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?