Logo

हल्दीबारीका तीन अभियुक्त पक्राउ

देश प्रदेश समाचार ८ मंसिर २०७७, सोमबार १९:२१ मा प्रकाशित

झापा  चोरी मुद्दा लागेर फरार रहेका झापा हल्दिबारीका तीन जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका ३ बस्ने ३० वर्षीय मुकेश मेचे, २८ वर्षीय प्रेम मगर र ३२ वर्षीय राजु मेचे रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला अदालत धनकुटाको २०७५ पुस १७ गतेको फैसला अनुसार चोरी मुद्दाका लागेका ती अयिभुक्तहरुलाई पन्ध्र– पन्ध्र दिन कैद र जनही २९ हजार २५० रुपैयाँ जरिवाना तोकिएको थियो । सजाय र जरिवाना ठहरिएका उनीहरू वारदात पश्चात् फरार रहेका थिए ।उनीहरूको खोजतलाश गर्ने क्रममा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले आज विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?