Logo

भद्रपुरमा एक जना पक्राउ

देश प्रदेश समाचार ४ मंसिर २०७७, बिहीबार १९:१३ मा प्रकाशित

भद्रपुर  भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राएको सामानसहित एक जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा भद्रपुर ४ बस्ने खेमराज लम्साललाई तस्करीको सामानसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर ४ स्थित तारानगर बन्ने ठाउँबाट उनलाई चार कार्टुन सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी बरामद गरेको कार्टुनभित्र प्रतिबन्धित रजनीगंन्धा, बिस्कुट, मोबिल लगायतका सामान फेला पारेको हो । ती सामानको मुल्य ८० हजार बढी रहेको छ । यता बरामद गरिएको सामानसहित लम्साललाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइकसेको प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?