Logo

ब्राउनसुगरसहित एक युवक प्रहरी नियन्त्रणमा

देश प्रदेश समाचार २१ कार्तिक २०७७, शुक्रबार २०:०१ मा प्रकाशित

भद्रपुर ब्राउनसुगरसहित एक युवकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचीनगर नगरपालिका ६ चर्च एरियाबाट दमक नगरपालिका १० का २२ वर्षिय अरुण धिमाललाइ नियन्त्रणमा लिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

बिशेष सूचनाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र सशस्त्र प्रहरी समेतको संयुक्त प्रहरी टोलीले भारतबाट लुकाई छिपाई ब्राउनसुगर ल्याउदै गरेको अवस्थामा शुक्रबार विहान चेकजाँच गर्ने क्रममा धिमालको साथबाट ६ ग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारिएको उनले जानकारी दिए ।

लागूऔषध र धिमाललाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको उनले जनाए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?