Logo

आइपिएलमा सट्टेबाजी खेलाउने नगदसहित पक्राउ

देश प्रदेश समाचार ३ कार्तिक २०७७, सोमबार २०:५७ मा प्रकाशित

विराटनगर संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियम लिग (आइपिएल) क्रिकेट खेलमा सट्टे बाजी खेलाउने तीन जना पक्राउ परेका छन् । उनीहरूलाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर नगरपालिका १६ बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर १५ का २८ वर्षीय अपजर अलि रहेको प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ वटा मोबाइल र एउटा को १८ प ६८८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
उनीहरूले अनलाइनबाट कुन टिमको हारजित हुन्छ भनी बाजी मार्नका लागी रकम कबोल गराई सट्टे बाजी खेल खेलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाही अघि बढाइसकेको प्रहरीले जनाएको छ ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?