Logo

झापामा ११ औँ विओपी स्थापना

देश प्रदेश समाचार २९ आश्विन २०७७, बिहीबार १७:३९ मा प्रकाशित

भद्रपुर झापा मेचीनगर १५ स्थित ज्यामिरगढीमा ११ औँ बोर्डर आउट पोष्ट(विओपी) स्थापना भएको छ । वैभव टी स्टेटको परिसरमा रहेको ६ कोठे भवन उद्योगी प्रदिप मित्तलले उपलब्ध गराएपछि त्यहाँ विओपी स्थापना भएको हो ।
उपलब्ध भवनको विहीबार प्रदेश १ का डिआइजी वंशीराज दाहालले उद्घाटन गरेका छन् । सीमा अतिक्रमण रोक्नुका साथै सीमा सुरक्षालाई थप बलियो बनाउने उदेश्य राखेर स्थापनालाइ तीब्र बनाइएको डिआइजी दाहालले बताए । यसबर्ष झापासहित प्रदेश १ मा २२ वटा विओपी स्थापना गर्नु पर्नेमा विहीबार सम्म ७ वटा स्थापना भइसकेको र शुक्रबार इलाममा थप एउटा विओपी स्थापना हुने उनले बताए ।
हाललाइ जग्गा प्राप्ती नभइरहेको अवस्थामा अस्थायी बसोवासका लागि उद्योगी मित्तलले भवन उपलब्ध गराएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रमेश कुमार पाण्डेले बताए । झापाका सीमा क्षेत्रमा क्रमश विओपी स्थापना गर्दै लैजाने भएकोले अस्थायी रुपमा नै भएपनि पोष्ट स्थापना गरिएको उनको भनाइ छ । केहीदिन अघि झापाको कचनकवल ५ स्थित पाठामारीमा १० औ विओपी उद्घाटन भइसकेको उनले जनाए ।
१४४ दशमलव २ किलोमिटर खुल्ला सिमा क्षेत्रमा साविकका ९ सहित १८ वटा बिओपी यस बर्ष स्थापना गरिने उनले जनाए । हाल सशस्त्र प्रहरीका वाहुनडाँगी, काँकडभिट्टा, पृथीवीनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीबारी, गौरीगञ्ज र टाघनडुब्बामा विओपी स्थापना भइसकेका छन् । यो बर्ष प्रहरीले तिरीङ् , नकलबन्धा, सतीघट्टा, ज्यामिरगढी, भद्रपुर, महेशपुर, पाठामारी, पन्थापाडा र आँपगाछीमा स्थापना गर्दैछ । जसअनुसार पाठामारी र ज्यामिरगढीमा उद्घाटन भइसकेको उनको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?